२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेन



२२ चैत ०७८, काठमाडौं । नेपाली कांग्रले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ ।जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरकार बनाउनेगरीको मार्गचित्रलाई घोषणापत्रमा उल्लेख गरिने समिति सदस्य गुरुराज घिमिरेले बताए ।

उनले एकाधबाहेक वर्तमान स्थानीय सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी पनि गरे । उनले स्थानीयको परिकल्पना आफुहरुले जनताको नजिकको सरकारको रूपमा गरेको बताए । तर, प्रभावकारी काम भने एकाधबाहेक नभएको बताए । अब जनताले अनुभूति गर्नेगरीको कार्यक्रम समावेश गरेर स्थायी सरकारको स्पष्ट मार्गचित्र घोषणापत्रमा समावेश गर्ने बताए । ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।