९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


युइएफए च्याम्पियन्स लिगमा सिटी र लिभरपुलको सानदार जित



२३ चैत्र ०७८, साघाई । युइएफए च्याम्पियन्स लिग फुटबलको पहिलो क्वाटरफाइनल खेलमा मंगलवार राति दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।सिटीले घरेलु मैदानमा भएको पहिलो लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १–० अन्तरले पराजित गर्यो । सिटीको जितमा केभिन डे ब्रुयनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे । बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

दोस्रो लेगमा सिटीले एट्लेटिकोको मैदानमा १४ तारिखमा आतिथ्य पाउनेछ ।अर्को खेलम लिभरपुलले बेन्फीका माथी ३–१ को सहज जित निकाल्यो । लिभरपुलको जितमा इब्राहिम कोनाटे, साडियो माने र लुइस डिआजले एक एक गोल गरे ।पोर्चुगिज क्लबका लागि डार्विन नुनेजले सान्त्वना गोल गरे।अब लिभरपुलले १४ तारिखमा हुने दोस्रो लेगमा बेन्फिकालाई घरेलु मैदानमा स्वागत गर्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : ०१ बजे