१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै



२३ चैत्र ०७८, कातमाडौं । शुक्रबारदेखि ललितपुरमा ५७ लाख खर्च गरेर टाइफाइडविरुद्धको खोप दिइँदै छ । स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।उनका अनुसार वालवालिकाहरुलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमती आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरुको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । उनले भने, ‘इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले बताए । उनले ९५ प्रतिशतलाई खोप दिने बताए । अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्येनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : २६ बजे