१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


चीनमा कोभिड संक्रमितको संख्या बढ्दो क्रममा, एकै दिन थपिए २० हजार संक्रमित



२३ चैत्र ०७८, काठमाडौं । चीनमा कोभिड संक्रमितको संख्या दिनहुँ बढेको बढ्यै छ । बुधबार एकै दिन २० हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यो महामारीको सुरुवातपछिकै ठूलो संख्या हो । कोभिडकै कारण सांघाइमा लकडाउन घोषणा गरिएको छ । सरकारले शून्य कोभिड नीति अबलम्बन गरिरहेको बताइरहेका बेला संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।

निश्चित क्षेत्रमा लकडाउन, सामूहिक परीक्षण, यात्रामा कडाइजस्ता प्रावधानका कारण मार्चसम्म चीनमा कोभिड नियन्त्रणमा थियो । तर, नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या तीब्र बढिरहेको छ । बुधबार मात्र २० हजार ४७२ जना नयाँ संक्रमित भेटिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ । अधिकांशमा लक्षण देखिएको छैन् । त्यस्तै, पछिल्लो २४ घन्टामा संक्रमणबाट कसैको मृत्यु नभएको बताइएको छ । परीक्षणपछि पोजेटिभ देखिएका मानिसहरूका कारण सांघाइ क्वारेन्टिन केन्द्र भरिएका छन् । संक्रमण नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरूले कडाइ गरिरहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।