७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनमैजु माध्यमिक विद्यालयमा २ लाखको छात्रवृत्ति अक्षयकोष



२३ चैत्र ०७८, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका वडा न ९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन्।
उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन्।

वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुसी लागेको बताए। उक्त अक्षयकोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ राखिएको छ ।

मनमैजु माध्यमिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरी उक्त कोषको स्थापना भएको हो। मिहिनेती विद्यार्थीहरुलाई उक्त कोषबाट छात्रवृत्ति प्रदान गरिनेछ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।