११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ज्योति खतिवडाको सन्देश मुलक गीत सार्वजनिक




२३ चैत्र ०७८, काठमाडौं ।  ज्योति खतिवडाको सन्देश मुलक गीत सार्वजनिक भएको छ । ज्योतिको त्याग बोलमा रहेको गीत सार्वजनिक भएको हो ।राष्ट्रिय नाचघर जमलमा चित्रपुर अभिभावक स्वावलम्बन समूहले आयोजना गरेको मस्तिष्क पक्षाघात तथा अन्य अपाङगता भएका बालबालिकाको दिवा कक्षा संचालनका लागि सहयोगार्थ च्यारीटि शोमा गीत सार्जवनिक गरिएको हो ।

अपाड्गता भएका बालबालिकाको संरक्षकको कष्टकर जीवन भोगाई, संघर्ष र त्याग देखाइएको गीतले संरक्षकहरुलाई उत्प्रेरणा दिने सर्जक ज्योतिले बताइन् ।गीतमा ज्योतिको आफ्नै शब्द र आवाज छ भने विनय कार्कीको संगीत छ ।गीतको भिडियो छायांकन विनोद श्रेष्ठले गरेका हुन् भने सुनिल श्रेष्ठले भिडियो सम्पादन गरेका छन् ।आफ्नै छोरा अर्वाचिन अधिकारीका साथ प्रस्तुत भएकी ज्योतिले भिडियोको निर्देशन समेत आफैँले गरेकी हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  २ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।