७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंकिङ कसुरमा प्रतिवादी गोंगबुबाट पक्राउ, ललितपुर अदालतमा पेस



२३ चैत्र ०७८, ललितपुर । बैंकिङ कसुरका फरार एक प्रतिवादी काठमाडौंको गोंगबुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६, बौद्ध बस्दै आएका ३३ वर्षीय ब्रजसिंह लामा छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको हो ।

जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उनीविरुद्ध उच्च अदालत पाटनबाट ०७८ चैत १ गते २५ लाख रुपैयाँ जरिवाना र आठ दिन कैद सजाय सुनाइएको थियो ।

पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ३ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।