९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पोखराको आकाशमा खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु



प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर– २०२० अन्तर्गतको …१९ औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ मा आइतबार पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गर्दै प्रतियोगी । प्रतियोगितामा नेपाललगायत १९ देशका ८९ जना खेलाडीले भाग लिएका छन तस्बिरः राधिका कँडेल/रासस
२३ चैत्र ०७८, पोखरा । पोखरामा प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । पोखरा–१८ सराङकोटमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् ।
सांसद पहारीले साहसिक पर्यटनका लागि पोखरा उपयुक्त गन्तव्यका रूपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरका रूपमा चिनाउन थप सघाउ पु¥याउने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता व्यवसायीमा रहेको जनाउँदै यसको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यावलोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताए । उनले कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्रमा विशेष सहुलियत प्याकेजसहित प्याराग्लाइडिङ उडान गरेपछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको स्मरण गर्दै प्रतियोगितालगायत प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिनुपर्ने बताएका छन् ।
प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ जना खेलाडीबीच प्रतिस्पर्धा भएको र भोलि बाँकी खेलबीच प्रतिस्पर्धा हुने संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा ७७ प्रतियोगी छन् । तीमध्ये आठ जना महिला पाइलट रहेका छन् । प्रतियोगिताको अन्तिम दिन चैत २५ गते विभिन्न सांस्कृतिक वेशभूषासहित पाइलटले कौशल प्रदर्शन गर्नेछन् भने सोही दिन प्रतियोगितामा निकै आकर्षक मानिने एक्रोवेटिक एयर शोसमेत हुने उनको भनाइ छ ।
पोखरामा व्यावसायिकरूपमा सञ्चालन भएका ६० भन्दाबढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको नाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । उनले कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता स्थगित भएको जनाउँदै यस प्रतियोगिताले पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट क्लबको सहयोग र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको हो । उक्त प्रतियोगितामा ‘एक्युरेसी’ तर्फ मात्रै प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ०६ बजे