१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सञ्चारकर्मी वाग्ले भन्छन्, ‘मसँगै धेरै विकासका एजेण्डा छन्’




२४ चैत्र ०७८,ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ७ को वडाध्यक्षमा दावी गरेका संचारकर्मी बलराम वाग्लेले आफूसँग स्थानीय क्षेत्रको विकासका लागि धेरै एजेण्डा भएको बताएका छन् ।
मंगलबजार ग्वार्को सडक एकातर्फ गर्न आफूले लामो समय पहल गरेको बताउने वाग्ले महालक्ष्मी नगरको खानेपानी विस्तारका लागि लामो समय संर्घष गरेको बताउछन् ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट दावेदारी अघि सारेका वाग्ले राजधानी दैनिक, आर्थिक दैनिकलगायत पत्रपत्रिकामा मार्केटिङको रुपमा काम गरिसकेका वाग्ले आफूलाई समाजसेवी भएको र विकासका एजेण्डालाई बलियो रुपमा उठाउन सक्ने हैसियत राख्ने हुँदा एमालेबाट आफूले टिकट पाउनु पर्ने बताउछन् । उनले भने,‘ वडालाई समृद्ध बनाउन र विकाशको बाटोमा अघि बढाउन मसँग धेरै योजना छन् ।’
स्थानीय जनप्रतिनिधिको हैसियत सासंदको भन्दा राम्रो रहेको बताउने वाग्ले स्थानीय जनप्रतिनिधिले चाहेको खण्डमा विकासको बाढी ल्याउन सक्ने बताउछन् । उनी भन्छन्, ‘आफ्नै घर आगनको विकाश निर्माण गर्न कुनै समस्या छैन । बजेट नै नभए पनि धेरै काम जनसहभागिताबाट गर्न सकिन्छ ।’ उनका अनुसार महालक्ष्मी नगरजस्तो विकशित शहरमा बसेर इमानदार भएर काम गने असल कार्यकर्तालाई पार्टीको छवि राम्रो बनाउन सक्ने अवसर रहेको छ । उनले भने, ‘असल व्यक्तिले अवसर पाए खराव जनप्रतिनिधि आफै बाहिरिन्छन् ।’
गत २०७४ सालको स्थानीय निर्वाचनमा यस वडाबाट नेकपा एमालेबाट नकुल थापा वडाध्यक्ष जितेका थिए । पार्टी विभाजनपछि थापा अहिले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी मेयर पदको दावी गरिरहेका छन् । माओवादी केन्द्रमा रहेका वाग्ले नेकपासँग पार्टी एकता एमालेमै रहेर राजनीति गरिरहेका छन् ।
उनी २०६५÷६६ सालमा उनी माओवादी नजिक भएर राजधानी दैनिकमा श्रमजीविको पक्षमा आन्दोलनमा सहभागी थिए । त्यसताका मजदुर आन्दोलनमा लागेर श्रमजीविको हक अधिकारका लागि लडेपछि राजधानी दैनिकले उनलाई कारवाही समेत गरेको थियो । उनले आर्थिक दैनिकमा काम गरे भने मासिक पत्रिका हुँदै विज्ञापन एजेन्सी समेत चलाए । उनी अहिले आधारभूमि डटकम अनलाइन चलाउछन् । वाग्ले कृषि पर्यटन व्यवसायी समेत हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।