१० पुस २०८२, बिहिबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु



 

२४ चैत्र ०७८,काठमाडौँ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। ललितपुरको लुभुमा हिजो साँझ बा.१६च ३६८७ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्री बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा रामेछापका आर्यन पुरी रहेका छन्।

घाइते बालकको उपचारको क्रममा इमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको हो।सडकमा खेल्दै गरेका बालकलाई हिजो साँझ साढे ५ बजे कारले ठक्कर दिएको थियो। कारसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ९ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।