४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको छ



२४ चैत्र ०७८,काठमाडौँ । युक्रेनले रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा उल्लेख छ । रुसी फौजले उत्तरपूर्वी खार्किभमा निरन्तर गोलाबारी गरिरहेका छन् । सैन्य कार्गो द्रुत रूपमा सार्न रूसी सेनाहरूले रेलवे लाइनहरू प्रयोग गरिरहेका छन् । हतियार र अन्य उपकरणहरू रूसको बेलगोरोडको भालुयकी स्टेसनबाट उत्तरपूर्वी युक्रेनको कुप्यान्स्क रेलवे स्टेसनमा पुगेको छ ।

युक्रेनी सेनाले युक्रेनको दक्षिणमा खेर्सननजिक रहेको ओसोकोरिभकालाई रुसी सेनाबाट फिर्ता लिएको जनाएको छ, यद्यपी यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । उनले अघिल्लो सरकारले जग्गा समेत प्राप्ति नसकेको आरोप लगाउँदै काम अघि बढाउन समस्या भएकाले यसको यथाशीघ्र समाधान गरिने बताए ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १० : २४ बजे