२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जयबागेश्वरीमा १२ वर्षपछि हरसिद्धि जात्रा



२४ चैत्र ०७८,काठमाडौँ । शुक्रबारदेखि जयबागेश्वरीमा १२ वर्षपछि हरसिद्धि जात्रा सुरु हुने भएको छ । काठमाडौँको जयबागेश्वरी २५ चैतदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको हो । लामो समयदेखि १२र१२ वर्षमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन ।जात्रा बाह्र वर्षपछि २५ देखि २८ चैतसम्म चार दिन जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलिप वैद्यले बताए । जात्रालाई सहज ढङ्गले सञ्चालन गर्नका लागि समिति गठन गरिएको छ । २०६६ सालदेखि जनसहभागिताबाट रकम सङ्कलन गरी जात्रा सञ्चालन गरिँदै आइरहेको छ ।लामो समयसम्म रोकिएको जात्रा २०६६ सालबाट जनसहभागितामा जात्रा आयोजना गर्दै आइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले बताए । यसपटक जात्राका लागि २० लाख खर्च हुने अनुमान गरिएको छ ।

जात्राका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरिरहेको वैद्यले बताए ।२५ चैत दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरूवात गरि २६ र २७ गते हरसिद्धि डबली, जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरिनेछ । यस्तै २८ चैतमा हरसिद्धिको पूजापश्चात जात्रा सम्पन्न हुनेछ ।त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल अन्य बाजा बजाउन मनाही गरिएको छ । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । काठमाडौँको जयबागेश्वरी ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको क्षेत्र हो ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १२ : ०८ बजे