२६ चैत्र ०७८, ललितपुर । ललितपुर महानरका मेयर चिरीबाबु महर्जनलेसाइकल लेन बनाउन सडकम विभागले असहयोग गरेको गुनासो गरेका छन् । विहीबार उपलव्धि सार्वजनिक कार्यक्रममा मेयर महर्जनले साइकल लेन निर्माणका क्रममा डिजाइन फाइनल गरेर छलफलका लागि महानिर्देकलाई बोलाए पनि आफू नआई सहायकलाई पठाएको गुनासो गरे ।
महानिर्देशकलाई पत्र पठाएको जवाफ कुरेको र बेला बेलामा ताकेता गरे पनि जवाफ नआएपछि मौन समर्थन रहेको सम्झेर लाइकल लेन निर्माण गरेको बताएछन् ।
‘हामीले नगरे कसले गर्ने ? कि त सडक विभागले साइकल लेन बनाउनु पर्यो । आफू पनि नबनाउने अरुलाई पनि बनाउने नदिने गर्नु हुन्छ र ?’ मेयर महर्जनले प्रतिप्रश्न गरे । उनले एउटा कार्यक्रममा सडक विभागका प्रवक्ताले आफूलाई गाली गरेको प्रसंग उल्येख गर्दै भने, ‘मैले पनि बेसरी गाली गरे ।’
आठ मिटर भन्दा चौडा सडक सबै सडक विभागको क्षेत्राधिकारमा पर्ने स्वीकार्दै मेयर महर्जनले यी सडकमा केही काम गर्न नपाउने भए । उनले भने, ‘ती सडक सबै सडक विभागको भए हामी स्मार्ट बत्ती पनि झिक्छौं । दाया बायाँका रुख सबै उखल्छौं ।’ मेयर महर्जनले चक्रपथको ७ दशमलव ९ किलोमिटर सडकमा साइकल लेनको टेण्डर भइसकेको जानकारी दिदै भने , यहाँ अन्र्तराष्ट्रिय स्तरको साइकल लेन बन्छ । उनले यो सडकमा साइकल निर्माणका लागि सडक विभागसँग सोध्दा हुन्छ हुदैन केही नभनेको बताए ।
मेयर महर्जनले निर्वाचनको बेला नगरवासीसामु गरेको घोषणापत्रबमोजिम केही काम गरेको दाबी गरे ।
उनले ५ वर्षमा पूर्वाधार विकास, सम्पदा संरक्षण, विपद् व्यवस्थापन, वातावरण संरक्षण,स्मार्टसिटी, वातावरणमैत्री, सांस्कृतिक सहरको बनाउने प्रयास गरेको उनले बताए । उनले ३२ किमि सडक कालोपत्रे गरेको, स्मार्ट सडक र ट्राफिक लाइट, सार्वजनिक संरचना अपांगतामैत्री, साइकल लेन निर्माण गरेको बताए । समय् फल्चालगायत ७५ भन्दा बढी पाटी निर्माण गरेको, कात्तिक नाचका लागि १ करोड रुपैयाँ, खोकनाको रुद्रायणी र हरिसिद्धि नाचका लागि ५०÷ ५० लाख रुपैयाँ, बुङमतीको नांगचा नाचका लागि १० लाख रुपैयाँ, अक्षेश्वर महाविहार लागि २० र खड्ग जात्राका २५ लाख रुपैयाँको अक्षय कोष निर्माणका लागि पैसा दिएको उनको भनाई छ । सीसीटीभी जडान, लगनखेलदेखि पाटन दरबार क्षेत्र हुँदै शंखमूलसम्म ढल निर्माण सुरु भएको छ । फ्लाइओभरको सम्भाव्यता अध्ययन, खेलाडीलाई सम्मान र प्रोत्साहन दिने काम गरेको छु ।’ उनले कोभिड महामारीमा पनि घरघरमा पुगेर सेवा दिएको दाबी गरे ।
२५ चैत्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया