७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउमा गोदावरी मेलाको शुभारम्भ



२६ चैत्र ०७८, चापागाँउ । ललितपुरको चापागाँउ टाहाखेलमा पहिलो गोदावरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको शुभारम्भ गरिएको छ । आयोजक गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रमुख अतिथिको रुपमा सहभागी भएर मेलाको शुभारम्भ गरेका हुन्
दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको टाहाखेलस्थित निर्माणधिन रंगशालामा यही आउँदो शुक्रबारदेखि बैशाख ४ गतेसम्म मेला चल्नेछ ।
सुरताल इभेन्टको व्यस्थापनमा सुरु हुने मेलामा ८० वटा स्टल निर्माण उनले भने’ ‘मेलामा कृषि, पर्यटनका विभिन्न स्टलसँगै वाल उद्यान विभिन्न रहनेछ ।’
मेलामा टिकटक प्रतिश्पर्धा,ललितपुर डान्स आइडल,विद्यालय स्तरिय नृत्य प्रतियोगिता,खैजडी,धिमे बाजा, पञ्चे बाजा झाँकी, फुड स्टलआदिको रहने महत बताए । उनले भने, ‘मध्य ललितपुरमा पहिलो पल्ट हामीले मेला आयोजना गर्दैछौं । मेलालाई भव्य बनाउन हामी जुटिरहेका छौं ।’
मेलामा जानका लागि अटोको व्यवस्था गरिएको महतले बताए । उनका अनुसार गोसाईकुण्ड जानकालागि हेलिकप्टरको समेत व्यवस्था गरिदैछ । उनले भने, ‘जीवनकालमा गोसाइकुण्ड हिडेर जाननसकेका बृद्ध बृद्धाहरुले बुकिङ गर्न सक्नु हुन्छ । चापागाँउबाटै गोसाईकुण्ड पु¥याएर हामी फकाईदिन्छौं ।’
गोदावरी नगरपालिकाको आयोजनामा हुन लागेको मेलाको सह आयोजक गोदावरी उद्योग वाणिज्य संघ रहेको छ ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ६ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।