२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि एक हजार नाविकहरूको बिचल्ली



२६ चैत्र ०७८, काठमाडौं । युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।

फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् ।उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् ।

 

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।