२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा




२७ चैत्र ०७८, काठमाडौं । चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका ६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ । देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने विश्वास रहेको कोषका सदस्य विमलमान श्रेष्ठले बताएका छन् ।
वर्षका चार नवरात्रमध्ये आश्विन शुक्ल पक्ष र चैत्र शुक्ल पक्षको नवरात्रमा चामुण्डालगायत देशभरका देवी मन्दिरमा पूजापाठ र दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष पशुपति क्षेत्रस्थित गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, कालिकास्थान, बिजेश्वरी, शोभा भगवती, रक्तकाली, श्वेतकाली, इन्द्रायणीलगायत देवी मन्दिरमा भक्तजनले दर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा चामुण्डा देवीको मन्दिर रहेको छ । मन्दिरमा प्रत्येक दिन स्थानीयवासी भक्तजनको भीड लाग्ने गर्छ ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ८ : ५८ बजे