२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाले गर्यो घोषणा



२७ चैत ०७८, काठमाडौं । दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने उत्तर कोरियाले घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो ।उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् ।

उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए । यस विषयमा स्पष्टीकरण र वार्ता गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरेको तर उत्तरले बेवास्ता गरेको उनले बताए ।सन् १९९० को दशकमा दक्षिण कोरियाले उत्तर कोरियाको डायमन्ड माउन्टेन रिसोर्टमा दर्जनौं सुविधाहरू निर्माण गरेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७८, आइतबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।