४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फिलिपिन्समा बाढीपहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु




२९ चैत ०७८, काठमाडौँ । उष्णीय (उष्णकटी बनधीय) आँधीका कारण आएको बाढीपहिरोमा परी फिलिपिन्समा कम्तीमा २५ जनाको ज्यान गएको छ ।पूर्वीतटमा आँधी आएपछि १३ हजारभन्दा बढी मानिस उच्च स्थानमा भएका आश्रयस्थलतर्फ गएका छन् । भारी वर्षा र हावाहुरीले विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

बाढीपहिरोका कारण गाउँ हिलाम्मे भएका छन् ।मध्य एवं दक्षिण फिलिपिन्समा आइतबार आएको ‘मेगी’ नामक आँधीको गति प्रतिघण्टा ६५ किलोमिटरसम्म थियो । फिलिपिन्स यस्ता आँधी बर्सेनि औसतमा २० पटक चल्ने गर्छन् । बीबीसी र अलजजिराबाट ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ११ : ४८ बजे