
कोलम्बोका रेलवे स्टेशनमा प्लेटफर्ममा पर्खिरहेका छन स्थानीय । श्रीलंकाले टापुभर कर्फ्यू घोषणा गरेको छ । शनिबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म मुलुकले चरम ऊर्जा संकट र बढ्दो मुद्रास्फीतिको सामना गरिरहेको छ । शुक्रबार राष्ट्रपति गोटाबाया राजापाक्षेले असाधारण राजपत्र जारी गर्दै श्रीलंकामा तत्काल लागू हुने गरी सार्वजनिक आपतकाल घोषणा गरेका थिए।
राजापाक्षेले सार्वजनिक सुरक्षा, सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनमा अत्यावश्यक आपूर्ति र सेवाको मर्मतका लागि आपतकाल घोषणा गरिएको बताए। लेन्स ः ताङ लु ÷सिन्ह्वा÷रासस
२९ चैत ०७८, काठमाडौँ । लोडसेडिङ र जीवन बचाउने औषधि अभावमा श्रीलंकामा ठूलो संख्यामा मानिसहरूको मृत्यु हुन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् ।
लोडसेडिङले श्रीलंकाको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई विरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको छ । स्थिति यति भयावह छ कि धेरै अस्पतालहरूले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् ।
प्रयोगशाला परीक्षणमा कमी आएको छ । औषधि र स्वास्थ्य सामाग्री अभावको विरोधमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सडकमा उत्रिन थालेका छन् । कतिपयले राष्ट्रपति गोटाबाया राजापाक्षेको राजीनामाको माग गर्दै सडकमा भइरहेका आन्दोलनलाई समर्थन गरेका छन् ।
‘श्रीलंकाका सबै अस्पतालहरू ध्वस्त हुने अवस्थामा छन’, सरकारी मेडिकल अफिसर्स एसोसिएसनका सचिव डा। सेनल फर्नान्डोले भने, ‘अबको दुई हप्तामा अवस्था बिग्रन्छ र अहिले नै कारबाही नगरे मानिस मर्न थाल्छ ।’ औषधि अभावकै कारण बिरामीको मृत्युले ‘अस्पतालहरूमा दंगा’ हुन सक्ने उनले चेतावनी दिएका छन् । सरकार संकटप्रति गम्भीर हुन र पारदर्शी बन्न असफल भएको उनले बताए ।








प्रतिक्रिया