९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरमा काँग्रेसभित्रै भरतलाल, चिरिवावु र प्रेमकृष्णबीच मेयरको टिकट लिने तिब्र प्रतिश्पर्धा




२९ चेत्र ०७८, काठमाडौं । आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर महानगरभित्र मेयर पदका लागि काँग्रेसभित्रै तिब्र प्रतिश्पर्धा देखिएको छ ।
नेपाली काँग्रेसका पुराना नेता भरतलाल न्याछोंले आफूलाई भावी मेयरको रुपमा आकाँक्षा राखेर दौडधुप सुरु गरेसँगै चिरिवावु महर्जन पनि मेयरको लागि आकाक्षा व्यक्त गरि अघि बढेका छन् ।
नेता न्याछौं मेयरको टिकटका लागि दौडधुपमा छन् । उनीको चर्चा पार्टी पंक्तिदेखि विपक्षीसम्म चल्न थालेपछि मेयर महर्जनले आफ्नो पालामा भएका काम देखाउन केही दिनअघि पत्रकार सम्मेलन नै आयोजना गरेर सार्वजनिक गरे । उनले आफ्नो पालामा प्रतिबद्धता गरेको ९० प्रतिशत काम पुरा भएको दावी समेत गरे । ललितपुर महानगरमा भरतलाल न्याछों,चिरिवावु महर्जन,प्रेमकृष्ण महर्जन प्रत्यासी छन् । निवर्तमान नगर सभापति राजेश महर्जन स्वभाविक प्रत्यासी रहे पनि उनीलाई बागमती प्रदेशको सदस्यमा मनोनीत गरेर व्यवस्थापन गरिएसँगै मेयरको दौडमा अघि नबढ्ने पार्टीभित्र अपेक्षा गरिएको छ । पार्टीका नगर अध्यक्ष सुवानन धाख्वा पनि अर्का दावेदार हुन् ।
उपमेयरमा प्रत्यासी धेरै छन् । दावी गर्नेहरु फडिन्दा महर्जन,गिता सत्याल,मदती केसी,भगवती शाही,प्रमिला महर्जन,लक्ष्क्ष्मी शर्मा,प्रविणा शर्मा,रेणुका वज्राचार्य,अरनी बज्राचार्यलगायत छन् । नेता प्रेमकृष्ण महर्जन आफू काँग्रेसभित्र मेयरको उम्मेदवारका लागि पहिलो नम्बरमा रहेको बताउछन् । उता भरतलालको पनि यही नै दावी गर्छन् । उनलाई केन्द्रका नेताहरुको विषेश आर्शिवाद रहेको कार्यकर्ता नेताबीच चर्चा हुने गरेको छ । नेता प्रेमकृष्ण महर्जन ललितपुर महानगरको २०५४ सालको प्रदेशसभा निर्वाचनमा ७ हजार भोटले पराजित भएका थिए । भने उनी गत स्थानीय निर्वाचनमा उपमेयरको उनी २ हजार ६ सय भोटले पराजित भएका थिए ।
उता एमालेले बलिया प्रतिपक्षी हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार प्रस्तुत गरिसकेको सन्दर्भमा नेपाली काँग्रेसभित्र उम्मेदवार छनौट गर्ने दवाव छ ।
माओवादीतर्फ वावुराजा बज्राचार्यको मेयरमा दावी छ ।
महानगरभित्र चिरीबाबु महर्जनले विभिन्न सास्कृतिक समूह, टोल सुधार समिती र अक्षयकोषका लागि विकाशमा लगानी गर्नु पर्ने बजेट बाडेको भन्दै महानगरमा काँग्रेस कार्यतर्महरुले नै असन्तुष्टि व्यक्त गरेका छन् । महानगरमै ब्रुमर किनेर धुलो बडारे पनि सुनकोठी हरिसिद्दि र भैसेपाटी सडकमा उडेको धुलो हटाउन कुनै पहल नगरेको विभिन्न टोलका रहेको नगरपालिकाको अधिनमा रहेको ८ मिटर भन्दा साना सडक मर्मत नगरेको महानगरका साँस्कृतिक सम्पदा ढुंगेधारा, पोखरी र मठमन्दिरको संरक्षणका लागि पहल नगरेको जस्ता आरोप छन् । महानगरभित्र सरकारी संरचना कलात्मक ढाँचामा निर्माण गर्नुको साटो आधुनिक बनाएको कला नगरीलाई प्रवद्र्धन नगरेको कारण विश्व कला नगरीको मान्यता कायम गराउन जोखिम निम्त्याएको आरोप छ । यद्यपी मेयर महर्जनले आफ्ना पालामा भए गरेका विभिन्न विका निर्माणका कामहरु प्त्रकार सम्मेलनको आयोजना गरेरै सार्वजनिक गरेका छन् । उनले सडक बत्ती राखेको साइकललेन बनाएको कार्यालयको नयाँ भवनको शिलान्याश गरेको पोखरीहरु संरक्षणको काम सुरु गरेका आदि जानकारी दिएको छन् ।
एमालेले महानगरकार उपमेरका लागि आश्था शाक्य मञ्जली र सरस्वतीलाई सिफारिस गरिसकेको छ । केन्द्रले उपमेयरको नाम टुंगो लगाएसँगै ललितपुरमा एमालेको निर्वाचन प्रचार प्रसार सुरु हुनेछ ।
एमालेका प्रत्यासी हरिकृष्ण व्यञ्जनकारले एकान्तकुनामा कार्यालय राखेर आफ्नो प्रचार अभियान सुरु गरिरहेका छन् ।
भरतलालका समकक्षीहरु अहिले केन्दमा नेता छन् । उनी अहिलेसम्म कुनै अवसर नपाएका पुराना नेता हुन् । उनी सधै मेयर पदको आकाक्षा राख्दै आएको छन् । अवसर पाएका नेताहरुलाई मेयर पदमा नदोहो¥याउन अहिले पार्टीभित्र बहस रहेका कारण पनि भरतलाल मेयरका बलिया दावेदार हुन् ।
नेपाली काँग्रेसभित्र धेरै आकाक्र्षी रहेकाले एकपल्ट मात्रै मेयरमा अवसर दिनुपर्ने न्याछों बताउछन् । भन्छन्,‘२० वर्ष स्थानीय निकायको निर्वाचन नभएकाले धेरै कार्यकर्ताहरुले काम गरेर देखाउने अवसर पाएनन् । ’
आफूलेटिकट पाए एक पल्टमात्रै मयर बनेर काम गर्ने र देखाउने उनी बताउछन् । उनी ललितपुरलाई सास्कृतिक शहर बनाउनु पर्ने बताउछन् । भन्छन्, ‘विदेश गएर विदेशीले देखाएको कुरा सिकेर यहाँ लागू गर्दा हाम्रो सास्कृतिक शहरको पहिचान हराउछ । पाटनको स्वरुप विग्रिन्छ । साँस्कृतिक शहरको पहिचान मेटिन्छ ।’
२०५४ सालपछि २०७४ सालमा स्थानीय निर्वाचन भएका कारण पनि अहिले स्थानीय तहमा धेरै मेयरका आकाक्षी छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र नेकपा समाजवादीलगायत पाँच दलको गठबन्धनले उम्मेदवार तय गर्ने विषयमा छलफल भइरहेको सन्दर्भमा नेपाली काँग्रेसले नै मेयर पद पाउने विषयमा निश्चित भने छैन । अघिल्लापल्ट निर्वाचन जितेको र वलियो पार्टी भएको सन्दर्भमा महानगरमा मेयरको भाग नेपाली काँग्रेसले पाउने प्रवल सम्भावना भने रहेको नेताहरु बताउछन् ।
देशभरको महानगरको मेयर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समिती बनाएर छनौट गर्ने कार्यादेश छ ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १२ : ४८ बजे