२९ चैत ०७८, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरू गरिएको छ । टनेल सफा गर्ने काम सकिएपछि आज बिहान ११ बजेर ५५ मिनेटमा सुरुङमा पानी पुनः पथान्तर गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
पानी सुरुङमा पठाउन खानेपानीमन्त्री उमाकान्त चौधरी मुख्य आयोजनास्थल आम्बाथान पुगेका थिए । मन्त्री चौधरीले २६५ लिटर प्रतिसेकेण्डका दरले मुख्य सुरुङभित्र पानी पठाइएको आयोजनाले बताएको छ ।
गत असार १ को बाढीले बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो ।
प्रतिक्रिया