२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


कंगोमा विद्रोहीको हमलामा कम्तीमा २६ जनाको ज्यान गयो



२९ चैत ०७८, काठमाडौँ । उत्तरपूर्वी कंगोमा संदिग्ध जिहादीले गरेको हमलामा कम्तीमा २६ जनाको मृत्यु भएको स्थानीय रेडक्रसले जनाएको छ । इटुरी प्रान्तको इरूम क्षेत्रमा संदिग्ध जिहादीले आइतवार र सोमबार गरेका हमलामा उनीहरूको मृत्यु भएको हो ।

देशको कुख्यात सशस्त्र समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) का विद्रोहीहरूले प्रान्तीय राजधानी बुनियाबाट ७५ किलोमिटर दक्षिणमा रहेको कोमान्डा वरपरका दुईवटा गाउँहरूमा हमला गरेकोे रेडक्रसका प्रमुख डेभिड बेइजाले बताए ।

विद्रोहीको हमलामा मुङ्सुमा १७ जना र शौरी मोया गाउँमा ९ जनाको मृत्यु भएको प्राप्त विवरणहरूमा जनाइएको छ । ो आक्रमणकारीहरूले इतुरी नदीको पुललाई निशाना बनाएर हमला गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।