३० चैत्र ०७८,ललितपुर । दक्षिण ललितपुरकोे कोन्ज्योसोम गाउँपालिका ५ भारदेउमा गुप्तेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । कोन्ज्योसोम गाउँपालिकाको दश लाख रुपैयाँ बजेटमा मन्दिर निर्माण भएको हो ।
शनिबार स्थानीयले गुप्तेश्वर महादेवको पुजाआजा गरी मुर्ति भित्र्याएका छन् ।समुद्रि सतहदेखि करिब २६ सय मिटर उचाईमा रहेको गुप्तेश्वर महादेव मन्दिर दक्षिण ललितपुरको प्रसिद्ध पर्यटकीय स्थलको रुपमा परिचित छ ।
गुप्तेश्वर महादेव मन्दिर उपभोक्ता समितिमार्फत यो मन्दिर निर्माण गरिएको हो । गतकार्तिक २८ गते सम्झौता ५ महिनामा मन्दिर पुरा भएको गाँउपालिकाले जनाएको छ ।
यस मन्दिरमा कोन्ज्योसोम क्षेत्रका तामाङ र नेवार समुदायले यो मन्दिरको संरक्षण र पुजाआजा गर्दै आइरहेका छन् ।
गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले अनुसार स्थानीयको धार्मिक आस्था रहेको उक्त स्थानमा मन्दिर निर्माण गरिएको बताए ।
‘उक्त ठाउँमा गुप्तेश्वरको मुर्ति थियो, त्यसमा स्थानीयले पुजा गर्दै आइरहेका थिए, धार्मिक क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनको लागि मन्दिर निर्माण गरिएको हो,’ उनले भने, ‘अब यस क्षेत्रमा पयर्टक ल्याउन सकिने योजनामा पनि ध्यान दिन्छौं ।’ उनका अनुसार भारदेउ क्षेत्रको पयर्टन विकासको लागि भारदेउको डाँडामा बुद्धको मुर्ति निर्माण कार्य भइरहको छ । गाउँपालिकाकै योजना अनुसार मुर्ति निर्माण भएको हो । करिब दुई महिनामा मुर्ति निर्माण भइसक्नेछ ।
काठमाडौंबाट करिब डेढ घण्टामा यहाँ पुग्न सकिने यस ठाँउसम्म पुग्न भारदेउ बजारबाट गाँउपालिकाले ढुंगाको सिढी समेत निर्माण गरेको छ ।
पछिल्लो समय भारदेउ आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ ।
३० चैत्र २०७८, बुधबार
0
Shares
प्रतिक्रिया