२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको प्रसिद्ध बिस्का जात्राको हात नभएको योसिँद्योः उठाइयो



योसिँ (लिङ्गो) ठड्याउँदै मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाईने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै गुठीयार तथा स्थानीय बासिन्दा । तस्वीर : रत्न श्रेष्ठ\ रासस

३० चैत्र ०७८, भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको को प्रसिद्घ बिस्का जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिँद्योः (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन आज साँझ यसिँख्यमा ५५ हात लामो यसिँद्योः ठड्याइन्छ ।
पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने उक्त योसिँद्योःकोे टुप्पोमा प्रसादका रूपमा हरियो घाँस र फूल राखिएको हुन्छ । प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्रा सम्पन्न हुने परम्परा छ ।
त्यसैगरी यसिँख्यमा ५५ हात लामो योसिँद्योः ठड्याएर जात्रा मनाइँदैछ । भक्तपुरको बिस्का जात्राको अर्को आकर्षण योसिँद्योः ठड्याउनु हो । यो योसिँद्योःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ । योसिँद्योः ठड्याउनका लागि आवश्यक डोरी, कैचीसमेत तयारी अवस्थामा राखेको गुठीले जनाएको छ ।
भैरवनाथको प्रतीक मानिने योसिँद्योःको शीर्षभाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ । योसिँद्योःको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता छ । योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पु¥याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याइसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ ।
लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

 

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार  २ : १९ बजे