७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ख्वप कलेजको नयाँ वर्षको दिन साइकल यात्रा




३० चैत ०७८, भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ ।
’साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार यात्रा सुरु हुने छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।
साइकल यात्रा बिहान ६ः३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने छ । त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ ।
ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको छ ।

 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ७ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।