३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अर्जुन दासको हत्या: चार जना पक्राउ



२ वैशाख ०७८, काठमाडौं । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ।

महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्।

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सीमानाकामा आएको खबर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानका अनुसार मोवाइल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरिएको थियो । हत्याको आरोपमा संलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरुलाई कैलाली प्रहरीको जिम्मा लगाइने पनि प्रवक्ता कोइरालाले बताए। महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार  २ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।