४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


फिलिपिन्समा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय ४८ पुग्यो



३ वैशाख ०७९, काठमाडौं । शक्तिशाली आँधी र वर्षाका कारण आएको बाढी तथा पहिरोमा परि फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ भने कैयौँ मानिस बेपत्ता भएका छन् । बाढी तथा पहिरोका कारण हजारौँ मानिस विस्थापित भएका छन् ।सेना, प्रहरी र अन्य उद्धारकर्मीहरूले हराएकाहरूलाई खोज्ने कार्य जारी राखेका छन् ।

फिलिपिन्सको अबुयोग नगरपालिकाका आकस्मिक कर्मचारीले मंगलबार पहिरोले ध्वस्त भएको तटीय गाउँबाट दर्जनौँ शव निकालेका थिए ।आँधी, बाढी र पहिरोबाट सबैभन्दा लेयतेको मध्य प्रान्तमा सबैभन्दा बढी प्रभावित भएका छन् ।विनाशकारी पहिरोले खेती गर्ने र माछा मार्ने समुदायहरूलाई समस्यामा पारेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ६ : ५८ बजे