२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भाटभटेनीको मूर्ति लगियो टुँडालदेवी



३ वैशाख ०७९, काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. ५ रहेको भाटभटेनी देवीको मूर्तिलाई महानगरपालिकाको वडा नं. ४ स्थित टुँडालदेवी पु¥याइएको छ ।
टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनीको जात्रा अन्तर्गत आज बेलुकी देवीलाई सारिएको हो । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका वडा नं. ५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा सुरु भएको हो ।
जात्राका लागि नक्साल चार ढुङ्गेको माने खटसमेत आज रातिसम्म टुँडालदेवी लगिने जात्रा सञ्चालन समितिको अध्यक्षसमेत रहनुभएका काठमाडौँ महानगरपालिका वडा नं. ५ का अध्यक्ष रमेश डङ्गोललेराससलाई जानकारी दिए । भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उनले दिए । आज बेलुकीदेखि सुरु भएको भाटभटेनी जात्रा काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि सम्बोधन गरिन्छ ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गरी मन्दिरबाट बाहिर निकाल्ने गरिन्छ । यो जात्रा सुरु भएको सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल अर्थात् हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नुका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ । त्यसै समयदेखि जात्रा सुरु भएको विश्वास गरिन्छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : १५ बजे