२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लायन्स क्लव चन्द्रागिरीद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग




४ वैशाख ०७८, काठमाडौं । लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीद्वारा सिन्धुपाल्चोककी दुइ वटा नै मृगौला खराब भएर थलिएकी रिता आचार्यलाइ २५ हजार आर्थिक सहयोग गरेको छ । क्लवले जनजाति कल्याण आश्रम मुलपानीलाई समेत १८ हजार आर्थिक सहयोग गरिएको छ ।
आर्थिक अभाब झेलेर किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको सागै उनलाई दुइ छाक खान समेत समस्या भोगीरहेको पिडित रिता आचार्य आर्थिक सहयोग गरिएको बताइएको छ ।
क्लवले आश्रममा आश्रित बालबालिकाहरुको लागि नयाँ बर्षको सुरुवातमा केहि सहयोग गरिएको र बर्ष भरि नै सहयोग गर्ने उद्घोष गरिएको छ ।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरी सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको क्लबकी अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जि एल टी कोर्डिनेटर भुपराज काफ्ले, सचिब जनकराज पाठक सदस्यद्वय लायन नविन उप्रेती लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौला पिडित आचार्य र आश्रमलाइ नगद हस्तान्तरण गरिएको हो ।
लायन्स क्लव अफ काठमाण्डौ चन्द्रागिरीकि अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा कहिले नथाक्ने र बर्ष भरि नै यसरी नै लायन्स क्लब द्वारा दुखि पिडितको पिडामा मल्हम लगाउने र सेवारुपी हातहरु नरोकिने बताईन ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।