१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी




७ वैशाख ०७८, काठमाडौं । मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्ने तयारी गरिएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीको निर्देशनपछि आयोजनाले पानी वितरणको तयारी थालेको हो। पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई मन्त्री चौधरीले निर्देशन दिएका थिए।

मेलम्चीको मुहानबाट गत चैत ३० गते सुरुङमा हालिएको पानी सोमबार राति सुन्दरीजलमा आइपुगेसँगै मन्त्री चौधरीले सरोकारवाला निकायका अधिकारीहरुलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन्।

काठमाडौँ उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रुपमा पानी वितरण गर्नसमेत उनले आग्रह गरेका छन्।

मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी चुहावट भएका स्थानमा सडक विभागसँग समन्वय गरेर मर्मतसम्भार गरी सडक पुनःनिर्माण गरिने बताए।

मुहानबाट २६० लिटर प्रतिसेकेण्डका दरले सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको थियो। सुरुङ पूरा भरिन दुई दिन लाग्नेछ। भरिएपछि प्रशोधन केन्द्रमा ल्याई प्रशोधन गरी मेलम्चीको पानी वितरण गर्ने गरी तयारी गरिएको छ।

 

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।