२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हनुमानढोका दरबारमा बढे विदेशी आगन्तुक




८ वैशाख ०७९, काठमाडौं । गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ ।
गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि आज नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।


उनले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गर्नुभएको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिएका छन् । एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गर्नुभएको उनले बताए । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।
चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि रु ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि रु ३०० शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ७ : ५० बजे