२७ पुस २०८१, शनिबार | Sat Jan 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रञ्जु दर्शना यसपल्ट स्थानीय निर्वाचनमा नउठ्ने




८ वैशाख ०७९, काठमाडौं । अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौंबाट मेयरको उम्मेदवारी दिएर चर्चामा आएकी विवेकशील पार्टीकी युवती रञ्जु दर्शनाले आफूले मतदातासँग बाचा पुरा गर्न नसकेको भन्दै यस पटक निर्वाचन नलड्ने बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै दर्शनाले भनेकी छिन्, ‘म आफैँले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु ।’
एनले आफूले यस पल्ट निर्वाचन नलड्ने घोषणाले आफू राजनीतिबाट पलायन भने नभएको बताएकी छिन् । उनले भनेकी छिन् ‘मैले हालको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गरिरहँदा धेरैजनाले रन्जु दर्शनाले राजनीति छोडेको भनेर आंकलन गर्नुहुन्छ होला। यो साँचो होइन! स्थानीय तहको राजनीतिमा समुदाय, स्थानीय सँग निकटको सम्बन्ध हुनैपर्छ । मेरो सक्रियता राष्ट्रीय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु ।’
गत ०७४ सालको स्थानीय निर्वाचनमा २१ वर्षकको उमेरमा नै दर्शनाले मेयर पदमा उम्मेदवारी दिएकी २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् ।
उनले आफूले सुरु गरेको राजनीतिमा चुनाबमा बढि मत ल्याएर बिजय हासिल गरेर मात्र नहुने राजनीतिमा राजनीतिक सु–संस्कार स्थापना गर्ने कुरामा विश्वास गर्दै धेरै शुभचिन्तक, स्थानिय निर्वाचनमा उठनुस् भनिरहे पनियथार्थ र परिस्थितिलाई खुल्ला मनले स्विकार गरि पूर्ण ससक्त रुपमा राजनीतिक यात्रा अघि बढाउने उनले बताएकी छिन् ।

 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहिबार  ९ : ५९ बजे