वैशाख ०७८, ललितपुर । नेकपा एमाले ललितपुरले स्थानीय निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित गर्न मिडिया डेक्स स्थापना गरेको छ ।
ललितपुरको सातदोवाटोस्थित पार्टी कार्यालयमा विहीबार नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा ललितपुर ईन्चार्ज सुशिला नेपाल र केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, जिल्ला प्रचार विभागका संयोजक जीवन खड्कालगायतले शुभारम्भ गरे ।
पोलिटव्युरो सदस्य सुशीला नेपालले नेकपा एमाले बलियो पार्टी भएकै कारण चौतफी घेराबन्दीमा परेको बताइन् ।
भनिन्, ‘हाम्रो विकाशको काम र जनताको समर्थन देखेर विपक्षीलाई गाह्रो भएको छ । हामी यो निर्वाचनमा धेरै ठाँउमा जित्ने अवस्थामा छौं ।’
कार्यक्रममा बोल्दै विभाग उपप्रमुख रिजालले पार्टीले गरेका राम्रा कामहरुको मात्रै सकारात्मक प्रचार गरे पार्टीलाई फाइदा हुने बताए । उनले भने, ‘तपाईहरुले एमालेले आफ्नो कार्याकालमा गरेको काम र अहिलेको सरकारले गरेको कामको तुलना गरेर मात्रै समाचार बनाए हामीलाई राम्रो हुन्छ । हामी नेकपा एमाले जिन्दावाद भनेर लेख्नुस भन्दैनौं ।’
जिल्ला प्रचार विभागका संयोजक खड्काले जमाना अनुसार प्रचारको शैली परिवर्तन गर्नुपर्ने अवस्था आएकोमा जोड दिए । उनले भने, ‘नयाँ मिडियाको रुपमा अनलाइन मिडिया आएको छ । यसको सहयोग लिएर जनतामा जानु पर्ने अवस्था छ ।’कार्यक्रममा सहसंयोजक ब्रम्हानन्द श्रेष्ठ, सचिव राजेन्द्र नौपाने, प्रेस चौतारी नेपालसम्बद र जिल्लाका अन्य संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
८ बैशाख २०७९, बिहिबार
0
Shares
प्रतिक्रिया