९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा खोला मासेर सडक निर्माण



१० वैशाख ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोप्रति स्थानीयहरुले आपत्ति जनाएका छन ।
चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको र यसले बस्ती नै डुबानमा पर्ने भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले प्लानिङ परमिट स्वीकृत गराएर मात्रै हाउजिङ, अपार्टमेन्ट र घडेरी विकास गर्न ताकेता गरी रहदाँ चाँगुनारायण नगरपालिकामा वडा नं ५ मा भने खोला मास्ने गरी प्लानिङको लागि सडक निर्माणको कार्य शुरु गरिएको छ । हाल खोला रहेको स्थानमा ३÷४ वटा डोजर लगाएर खन्ने र हिम पाइप राखि खोलामाथि सडक निर्माण गर्ने काम धमाधम भइरहेको छ ।

खोला नै गायव हुने गरी प्लानिङको लागि बाटो निर्माण गर्न स्थानीय सरकारले नै बजेट विनियोजन गरेकोपति स्थानीयहरु आक्रोशित बनेका छन । स्थानीय सरकारले चालु आर्थिक वर्षको वार्षिक बजेटमा वडाको पूर्वाधारतर्फ पहिलो प्राथमिकता राखेर रकम छुटयाएको छ ।

चाँगुनारायण नगरपालिकामा वडा नं ५ का सचिव राकेश बासुकलाले वडा कार्यालयको २०७८ जेठ २८ गते बसेको बैठकले बस्ती विकासको लागि भन्दै ३० लाख रुपैयाँ छुटयाएको बताउनु भयो । उनले चाँगु पिच सडकबाट दीप सरस्वती स्कुल हुँदै चाँकतु टोल जाने बाटो स्तरोन्नतीका लागि हाल दुई वटा उपोभोक्ता समितिमार्फत काम भइरहेको पनि बताए ।
वडा सचिव बासुकलाले चाँगुनारायण नगरपालिकाका इन्जिनियरले तयार पारेको डिजाइनका आधारमा खोलामा हिम पाइप राख्ने काम शुरु गरिएको समेत दाबी गरे ।

स्थानीयवासीहरु भने जग्गा व्यापारीहरुले प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले बस्ती नै डुवानको चपेटामा परेको गुनासो गर्छन । स्थानियहरुसँग छलफल नै नगरि जग्गाको साँध सीमाना नछुटयाइ जबरजस्ती रुपमा व्यक्तिगत लाभका लागि खोला पुर्न शुरु गरिएको स्थानीयहरुको आरोप छ ।
कृषि सिंचाइका लागि प्रयोग हुँदै अएको उक्त खोला यसअघि १० फिटको रहेकोले सो क्षेत्रफलमा खोला कायम राख्न माग गरेका छन । सो स्थानमा रुख बिरुवा समेत मासिएको स्थानीयवासी बताउँछन ।

खोला सीमाको दक्षिण र पूर्व भागमा करिव ४० घरपरिवारको चाँकतू बस्ती छ । पछिल्लो समय भक्तपुरमा अवैध रुपमा प्लानिङ गर्ने कार्य धमाधम भइरहेको छ ।
प्लानिङका लागि सिधै अनुमति दिन नमिल्ने भएपछि घडेरी खार्ने बहानामा जग्गा व्यापारीहरुले जनप्रतिनिधि र कर्मचारीसँग सेटिङ गरी काम गर्ने गरेका र पूर्वधार विकासको नाममा कागजमा उपभोक्ता समिति गठन गरी सार्वजनिक सम्पतीमा कब्जा जमाउँदै आएको स्थानीयहरुको आरोप छ ।
चाँगुनारायण नगरपालीका वडा नं ५ कैै ढिकुरे पाटीमा पनि करिव १४ आना सरकारी जग्गामा प्लानिङको सडक निर्माण भएको समेत स्थानीयहरुको आरोप छ । भक्तपुर जिल्ला आयुक्तको कार्यालयले भक्तपुरका चारवटा नगरपालिकाका ९२ स्थानमा अवैध प्लानिङ भइरहेको भन्दै गत माघ ६ गते सूचि सार्वजनिक गरेको थियो । जसमध्ये चाँगुनारायण नगरपालिकामा मात्रै ८० स्थानमा अवैध प्लटिङ रहेको छ ।

न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ५७ बजे