९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


यी हुन् ललितपुरमा एमालेको तर्फबाट अगाडि सारिएका मेयर, उपमेयर र वडा समितिका पदाधिकारीहरु



१० वैशाख ०७८, ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ मा एमालेको उम्मेद्वारको परिचय कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैसेपाटी आयोजित कार्यक्रममा एमालेको तर्फबाट ललितपुर महानगरपालिकाका मेयर, उपमेयर सहित वडा समितिको नाम सार्वजनिक गरिएको हो ।

राष्ट्रिय युवा संघ वडा नम्बर १८ स्तरीय भेला र युवा संघको वडा कमिटि गठन गर्न आयोजित कार्यक्रममा उम्मेद्वारको परिचय गरिएको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयरमा हरीकृष्ण ब्यञ्जनकार, उपमेयरमा मन्जरी शाक्यको परिचय गराइएको थियो । कार्यक्रममा वडाको तर्फबाट अध्यक्षमा दामोदर खड्का, सदस्यमा रुकमणी महर्जन, दलित महिला सदस्यमा राधिका रोक्का र सदस्यहरुमा गोपाल डंगोल र निरोज कुँबरको नाम सार्वजनिक गरिएको थियो ।

महानगरको अधिकांश वडामा अध्यक्ष र सदस्यको टुंगो लगाउन नसकेको अवस्थामा सो वडामा सबैको नाम सर्वसम्मच टुंगो लगाइएको हो । कार्यक्रममा बोल्दै मेयरका उम्मेद्वार हरिकृष्ण ब्यञ्जनकारले एमाले पार्टी न्याय ,सत्य र विकासको पक्षमा लागेको बताए ।
उपमेयरका उम्मेद्वार मन्जरी शाक्य (आस्था)ले यो वडामा मेयर, उपमेयर, वडा अध्यक्षसहित सबै पदाधिकारी एमालेबाटै विजयी हुने ठोकुवा गर्दै गठबन्धनले नचिताए हुने बताए ।

प्रदेश सदस्य एवं वडा अध्यक्षका उम्मेद्दार दामोदर खड्काले सात सुर्य सात भोट भन्ने नारालाई सबैले कार्यान्वयन गर्नुपर्ने बताए । वडा अध्यक्षका उम्मेद्वार खड्काले आफ्नो नेतृत्वमा टीम निर्वाचित भए अबको ५ वर्षभित्र यो वडालाई नमुनाको वडा बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा एमाले वागमती प्रदेश सदस्य अमृत खड्काले युवालाई रोजगारसँग जोडेर विकास गर्नुपर्ने बताए ।

युवासंघ ललितपुरका अध्यक्ष चीन लामाले युवाले विकासको मुल फुटाउन सक्ने भन्दै त्यसको लागि एमालेका उम्मेद्वार विजयी गर्न पूर्ण सहयोग गर्नुपर्ने बताए ।एमाले वडा कमिटि अध्यक्ष गोपाल डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा वडाका महिला, युवा, जेष्ठ नागरिक लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : १७ बजे