७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरीमा महिलालाई बाड्न लागिएको ११० थान साडी प्रहरीद्वारा बरामद




१० वैशाख ०७८, चन्द्रागिरी । प्रहरीले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँको चन्द्रागिरि नगरपालिकाबाट महिलालाई वितरण गर्न लागिएको ११० थान साडी आज बरामद गरेको छ ।
प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले साडी बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् । उक्त नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट आचारसंहिता विपरीत स्थानीय महिलालाई साडी वितरण गर्न लागिएको भन्ने सूचना आएपछि प्रहरी टोलीले साडी बरामद गरेको जनाइएको छ ।
उक्त साडी चन्द्रागिरि नगरपालिका ८ को वडा कार्यालयको भवनबाट स्थानीय महिला समूहलाई वितरण गर्न तयारी अवस्थामा राखिएको फेला परेको थियो । चन्द्रागिरि नगरपालिका८ का अध्यक्ष सन्तोष खड्काले शुक्रबार एक सूचनामार्फत महिलाहरुबाट साडी पाऊँ भनी निवेदन परेकाले सोही आधारमा साडी बुझिलिन आज आउन भनी आग्रह गरेका थिए । उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत हो ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ११ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।