२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘निर्वाचनको नाममा सिद्धान्तहीन गठबन्धन’




११ वैशाख ०७९, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको नाममा भएको सिद्धान्तहीन गठबन्धन गलत भएको धारणा राखेका छन् ।
निर्वाचन सिद्धान्त र विचारको लडाई भएको भन्दै तर ठूला राजनीति दलले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जित्नकै लागि गठबन्धन गरेको बताए ।
निर्वाचन घोषणापत्रको लडाइँ भएको उल्लेख गर्दै ठूला भनिएका सरकारमा गएका पार्टीहरू निर्वाचन घोषणापत्रको लडाई हो भने राजनीति शास्त्रको परिभाषालाई गलत बनाइदिएको बताए । राजनीति देश र जनताको सेवाका लागि हुनुपर्नेमा राजनीतिलाई ती ठूला दलहरूले पैसा कमाउन माध्यम बनाएको आरोप लगाए ।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विचार र सिद्धान्त फरक भए पनि जित्नकै लागि भागबन्डा हुनु दुर्भाग्यपूर्ण रहेको बताए । उनले ती दलहरू सिद्धान्त र विचारको लडाई नभई निर्वाचनलाई भाग पाउने रूपमा लिएको भन्दै रोष प्रकट गरे ।

राजनीति भागबन्डामा सीमित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । निर्वाचनसँगै सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर ठूला राजनीतिक दलले गठबन्धन गरेको भन्दै उनले ती दल भागबन्डामा सीमित भएको उनले बताए ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ९ : ०४ बजे