२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा गठबन्धनबाट समाजवादी आउट, कांग्रेस माओवादीको भागवण्डा मिल्यो



११ वैशाख ०७९, ललितपुर । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरमा सत्ता गठबन्धनबीच भागवण्डा मिलेको छ । ललितपुरमा कांग्रेस र माओवादीबीच भागवण्डा भएको छ भने समाजवादी आउट भएको छ । अर्थात् समाजवादीले कुनै पनि  सिट पाएको छैन ।

माओवादी नेता भगिरथ तिमल्सिनाका अनुसार महालक्ष्मीमा मेयर माओवादी, उपमेयर कांग्रेस, गोदावरीमा माओवादीले कुनै पनि सिट पाएको छैन भने कांग्रेसले मेयर र उपमेयर दुवै पाएको छ । काेञ्ज्याेसाेममा माओवादीलाई अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाएको छ ।  माहाँकाल गाउँपालिकामा  माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्षको पाएको छ । वागमतीमा कांग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  ५ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।