९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा एमालेको ६ वटै पालिका प्रमुखको उम्मेदवार छनौट




११ वैशाख ०७८, ललितपुर । नेकपा एमाले ललितपुरले जिल्लाका ६ वटै पालिकाहरुका प्रमुखहरुको उम्मेदवार टुंगो लागेको छ ।
आइतबार अपरान्ह गरिएको निर्णय अनुसार गोदावरी नगरपालिकाका मयरको उममेदवारमा गम्भिरबहादुर राना, महालक्ष्मी नगरमा हरिगोविन्द श्रेष्ठ, कोञ्ज्योसोममा कृष्णमान लामा, माहाँकालमा कमला तामाङ, वागमतीमा नवराज सञ्जेल र ललितपुरमहानगरमा हरिकृष्ण व्यञ्जनकारलाई पालिकाहरुको प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ । उता माहाकाल गाँउपालिका उपप्रमुखमा पुरुषोत्तम हुमागाई र गोदावरी नगरको उपप्रमुखमा रोमी प्रधानागंको नाम टुंगो लागेको छ ।
प्रचार विभागमा उपप्रमुख राजेन्द्र न्यौपानेले प्रमुख ६ पद मिलिसकेको र अन्य पदका विषयमा छलफल जारी रहेको बताए । उनले भने, ‘विहानसम्म टुंगोमा पुग्छ ।’
गोदावरी नगरपालिकामा मेयरको उम्मेदवारी लागि जिल्ला कमिटीबाट प्रदेशमा सिफरिस भएका उम्मेदवार गम्भिर राणाले आफूलाई उम्मेदवारी टुंगो लागेको खबर साँझ आएको बताए । मेयरकै प्रत्यासी प्रदेश सासंद समेत रहेका चेतनाथ सञ्जेलले भने आफू छलफलमै सहभागी रहेको भन्दै बोल्न चाहेनन् ।

 

प्रकाशित मिति : ११ बैशाख २०७९, आइतबार  १० : ३४ बजे