९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज



१२ वैशाख ०७९, ललितपुर । एक सय दुई वर्षीय वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी किष्ट शिक्षण अस्पतालमा मिति २०७९ बैशाख १ गते भर्ना भई १० दिनको उपचार पश्चात शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी पिसाब सम्बन्धी संक्रमण, मुटुको चाल सम्बन्धी र श्वास प्रश्वास नलीको फाइव्रो ब्रोङ्किएक्टेसिससम्बन्धी समस्याका कारण शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

उनको उपचार २ दिन आईसियु केयरमा राखी बाँकी ८ दिन डिलक्स क्याबिनमा राखी उपचार गरिएको थियो ।

वहाँको उपचारमा प्रा. डा. मिलेश जंग सिजापति तथा प्रा.डा.राम भक्त कोजुको संयुक्त नेतृत्वमा विभिन्न बिधाहरु Internal Medicine, Pulmonology, Cardiology, Urology, Nephrology र Critical Care लगायतका विधाहरु सहितको Multi-disciplinary Approach मा चिकित्सकहरु संलग्न रहेका थिए ।

हाल उनको पिसाबको संक्रमण नियन्त्रणमा आएको मुटुको चाल स्थिर रहेको र श्वास प्रश्वासमा सुधार आएका कारण उपचारमा संलग्न चिकित्सक टोलीको राय बमोजीम डिस्चार्ज गरिएकोछ । डिस्चार्ज पश्चातको फलोअप उपचार उनको निवासबाटनै गर्न सकिने र आवश्यक परेको खण्डमा निवासमै पनि मेडिकल सपोर्ट अस्पतालबाट उपलब्ध गराईनेछ । गत माघ २५ गते पनि भर्ना भई सातौ दिनको उपचार पश्चात वाङ्मय शताब्दी पुरुष जोशीलाई डिस्चार्ज गरिएको थियो ।

वाङ्मय शताब्दी पुरुष जोशीको नियमित स्वास्थ्य उपचार प्रति सदा कटिवद्ध रहि आएको शिक्षण अस्पताल उनको सेवामा संलग्न हुने अवसर प्राप्त गरेकोमा खुसी ब्यक्ति गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ४ : १३ बजे