१४ वैशाख ०७८,ललितपुर । स्थानिय निर्वाचनमा वागी उम्मेदवार दिने नेताहरुलाई तत्काल फिर्ता लिन जिल्ला कार्यसमितीले निर्देशन दिएको छ ।
जिल्ला पार्टी कार्यालयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले तत्काल उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका हुन् ।
जिल्लाले विज्ञप्ती जारी गरेर बागमती प्रदेश संयन्त्रको दुई दलिय निर्णयपछि जिल्ला संयन्त्रको छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरुको बाँडफाँडमा केही समस्य उत्पन्न भएको जानकारी दिएको छ ।
उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पुर्ण ब्यबस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेस संयन्त्रको निर्णय अनुसार नेपाली कांग्रेस ललितपुरले प्रमुख उप प्रमुख सहित अधिकांस वडाहरुमा मनोनयन दर्ता गराएको विज्ञप्तीमा उल्येख छ । उम्मेदवारी मनोनयन दर्ता भैसकेको अवस्थामा समन्वय नगरी पालिका प्रमुख तथा उप प्रमुख पद हरुमा मनोनयन दर्ता गरेका कारण स्थित अन्योलतर्फ गएको बताइएको छ ।
जिल्लाको वागमती गाँउपालिकामा विर बहादुर लोप्चनको उम्मेदवारी विरुद्ध वडाध्यक्ष विष्णु तिमल्सिनाले वागी उम्मेदवारी दर्ता गरेका छन् । वागमतीमै उपप्रमुखमा डोलकेशर दाहालको पनि वागी उम्मेदवारी छ ।
महाकाल गाँउपालिकामा भागवण्डाको विवाद नमिल्दा गठबन्धनकै दल नेकपा माओवादी केन्द्रका भगिरथ तिमल्सिनाले पनि अध्यक्ष पदमा वागी उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका गणेश केसीको उम्मेदवारी परेको अवस्थामा माओवादी केन्द्रको समेत उम्मेदवारी परेपछि ललितपुरमा गठबन्धनमा खटपट अहिले छ ।
उम्मेदवारी फिर्ता नभएको अवस्थामा पार्टीले आफ्ना नेतालाई कारवाही गर्ने चेतावनी दिएको छ ।
वडाध्यक्ष तिमल्सिनाले पार्टी बचाउने अवस्थामा उम्मेदवारी फिर्ता गर्ने जानकारी दिएका छन् । उता महाकाल गाँउपालिकामा गठबन्धनबाटै गरेको वागी उम्मेदवारीको सन्दर्भमा छलफल जारी रहेको नेपाली काँग्रेस श्रोतले बताएको छ ।
१४ बैशाख २०७९, बुधबार
0
Shares
प्रतिक्रिया