१५ वैशाख ०७९, ललितपुर ।
ललितपुरको गठबन्धनमा भगिरथ तिमल्सिना र विष्णु तिमल्सिनाले वागी उम्मेदवार दिएपछि विवाद कायम छ । वागी उम्मेदवारी फिर्ता लिने समय घर्कनै लाग्दा समेत विवाद अझै मिलेको छैन ।
विवाद नमिलाउन खोज्दा स्थानीय नेताहरु राजिनामा दिन थालेका छन् ।
स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादै विवाद छ ।
गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाएको छ । भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।
नेकपा माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले दक्षिण ललितपुरको माहाकाल गाँउपालिकामा वागी उम्मेदवारी दिएपछि विवाद चर्केको हो । जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमती विपरित माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको बताउछन् ।
सहमती अनुसार तिमल्सिनाले उम्मेदवारी फिर्ता लिनुपर्ने काँग्रेस सभापति श्रेष्ठ बताउछन् । उनी भन्छन्, ‘फिर्ता नलिए समस्या भईहाल्यो नि ।’
महाकाल गाँउपालिकाको १ र २ नम्बर वडा गठबन्धनको सहमती अनुसार माओवादी केन्द्रलाई दिनु पर्नेमा सहमती अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता भगिरथ लिमल्सिना बताउछन् । उनी भन्छन्, सहमती अनुसार भएन भने गठबन्धन हुन्छ कि हुदैन भन्न सकिन्न ।
तर काँग्रेस सभापति श्रेष्ठ सहमती भएको कुरा झुटो रहेको दावी गर्छन्, भन्छन्, वडामा कुनै सहमती भएको थिएन । प्रकृयामा थियो । अध्यक्ष नेपाली काँग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती चाही भएको हो ।
बुधबारको बैठकपछि आ आफ्नो पार्टीको विवाद मिलाउने सहमती भएको सभापति श्रेष्ठले बताए ।
उता महाकाल गाँउपालिकामा विवाद मिलाउने क्रममा
जिल्ला नेतृत्वको निर्णयविरुद्ध दक्षिण ललितपुर नेकपा माओवादी केन्द्रका महाँकाल गाँउपालिका कार्यसमितीका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका पालिका वरिष्ठ उपाध्यक्ष संजय लामा,पार्टीको वडाध्यक्ष रामहरी दुलाल, पालिका सदस्य बलराम घिमिरे र पालिकाको पालिका कोषाध्यक्ष राजराम परियारले राजिनामा दिएका हुन् ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष संजय लामा पार्टीका नेतृत्वले. पार्टी संगठन बलियो बनाउने भन्दा पनि व्यक्तिगत कुरा मात्रै गरेकाले राजिनामा दिएको बताए । उनले भने, काम गरिरहेको साथीहरुलाई पेल्ने हामीले नै पार्टी बचाइदिनु पर्ने रहेछ । त्यसैले हामीले राजिनामा दिएका हौं । हाम्रो कुराको सुनुवाई भएन भने राजिनामा फिर्ता हुँदैन । हामी स्वतन्त्र बस्छौं ।
उता वागमती गाँउपालिकामा पार्टी निर्णय विपरित वडाध्यक्ष समेत रहेका विष्णु तिमल्सिना र स्थानीय नेता डोलकेशर दाहालले अध्यक्ष । उपाध्यक्षमा वागी उम्मेदवारी दिएका छन् । पार्टीले पालिका अध्यक्ष समेत रहेका नेता विर बहादुर लोप्चनलाई टिकट दिएपछि तिमल्सिनाले वागी उम्मेदवारी दिएका हुन् ।
सभापति श्रेष्ठले तिमल्सिनाले पार्टीको निर्देशन अनुसार उम्मेदवारी फिर्ता गर्ने बताए । उनले भने, फिर्ता नभए हामी कारवाही गर्छौं ।
उम्मेदवार तिमल्सिनाले पार्टी बचाउनु पर्ने अवस्थामा आफूले फिर्ता लिने बताए ।
निर्वाचन आयोगले भोलि शुक्रबारसम्म वागी उम्मेदवारी फिर्ता लिने समय सिमा तोकेको छ । पर्सी शनिबार अन्तिम नामावली प्रकाशन सँगै आयोले निर्वाचन चिन्ह दिने कार्यक्रम छ ।
यसअघि समाचारमा नेकपा माओवादी केन्द्रका पालिका उपाध्यक्ष संजय लामा हुनु पर्नेमा भुलवश नेपाली काँग्रेस पार्टीको नाम उल्येख भएकोमा क्षमा प्रार्थी छौं । साथै प्रस्तुत तस्विर समेत गलत पर्न गएकोमा हटाई सम्पादन गरिएको छ । सम्पादक
प्रतिक्रिया