१६ कार्तिक २०८१, शुक्रबार | Sat Nov 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘गठबन्धनले महिलाले पाउने अधिकार खोस्न खोजिरहेको छ’




१५ वैशाख ०७९, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर महानगरपालिका उपमेयर पदका उम्मेदवार मञ्जली शाक्य (आस्था) ले मुलुकमा भइरहेका विभिन्न दलको गठबन्दनका कारण अब महिलालाई संविधानले प्रदान गरेको हकअधिकार समेत खोस्ने सम्भावना बढिरहेको गुनासो गरेकी छिन् ।
ललितपुरमा आफुले पाएको पदप्रति गठबन्धनले असर गर्ने सम्भावना देखिदा सो कुरा तोडेरै छाड्ने शाक्यले घोषणा गरिन् ।
उनले भनिन्, “म उपमेयर पदका लागि सुरक्षित उम्मेदवार हुँ जस्तो लाग्छ । कानुन र संविधानले समेत महिलालाई निर्वाचका लागि हकअधिकार प्रदान गरिरहँदा गठबन्दनले तोड्ने त सम्भावनानै देखिदैन तर पनि केही असहज लाग्दो रहेछ । यस कुरा तोड्न एक्लै विकल्पको रुपमा समेत हामीहरु लागि परेका छाँै ।” सो स्थानमा गठबन्दको नाममा टिकट बाँड्ने अभियान रहँदा उक्त कुराको अन्त्य हुनुपर्नेमा शाक्यको जोड छ ।
आफूहरु झण्डै ६ महिना अघिदेखि सो निर्वाचनको तयारीमा रहेको जानकारी गराउँदै उनले जनताको घरदैलोमा जान मात्रै बाँकी रहेको हुँदा गएरै राम्रो मत प्राप्त गरी विजय हासिल गरेरै छाड्ने बताइन् । “महानगर भित्र न्युट्रल रहेका जनताले यस पटक गठबन्दनलाई लत्याएर एमालेलाइनै मत दिने घोषणा समेत गरिसक्नुभएको छ”, उनले भनिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहिबार  १ : ५१ बजे