९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नागढुंगाबाट गर्भवती महिलालाई बलात्कार गर्ने युवक पक्राउ



१५ वैशाख ०७९, काठमाडौं । गर्भवती महिलालाई विभिन्न डरत्रास देखाई धम्की दिई बलात्कार गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका २ नागढुङगा बस्ने कैलाली लम्कीचुहा नगरपालिका २ मोतिपुर ठेगाना भएका ३५ वर्षीय सागर शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत चैत ८ गते नागढुंगास्थित आफनै घरभित्र कोही नभएको मौका पारी गर्भवती महिलालाई बलात्कार गरी फरार भएका शाहीलाई उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागढुंगाबाट फेला पारी पक्राउ गरेकोप्रहरीले जानकारी दिएको छ ।
उनलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ४७ बजे