२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर महानगरमा ४९ जना उम्मेदवारले लिए उम्मेदवारी फिर्ता




ललितपुर खबर
१७ वैशाख ०७९, ललितपुर । ललितपुर महानगरमा ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
मुख्य निर्वाचन कार्यालय ललितपुर का अनुसार शुक्रबार अवेर सार्वजनिक वितरण अनुसार वडा नं. २१ बट उम्मेदवारी दिने अष्टेन्द्र कुमार महर्जन, ,२७ का बाबुराजा महर्जन, वडा नं. ८ बाट कैशाल महर्जन,वडा नं. १९ बाट ज्ञानेन्द्र बज्राचार्य,२५ का शशी कुमार कार्की,२३ का राम शरण दाहाल,२३ कै रामशरण कठायत,वडा नं. १४ बाट जीम बहादुर लिम्बु, वडा नं. १४ कै योगेन्द्र लिम्बु बनेम, कविराज मालीवडा नं. १३ का हरि कुमार खत्री,वडा नं.१६ का उषा बज्राचार्य,वडा नंं ७ बाट मोहन महर्जन, वडा नं. ३ का१२ का श्रीकृष्ण थापा नवीन कुमार कपाली, १५ का मदन महत, १९ की विद्यालक्ष्मी शाक्य,१४ का मिलन राई,१६ का नबीन महर्जनलगायतले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जावलाखेलस्थित दिनभर सुनसान रहेको मुख्य निर्वाचन कार्यालय परिसरमा ५ बजेर ४५ मिनेटदेखि भीड लाग्न सुरु भएको कार्यालयका एक कर्मचारीले बताए । उनले भने एकै छिनमा ४९ जनाको उम्मेदवारी फिर्ता भयो हामीले झण्डै मध्यरातीसम्म काम गरेर सूचना टास गरेका छौं ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ६ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।