२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ९० जनाको उम्मेदवारी फिर्ता, चार उम्मेदवार निर्विरोध



१७ वैशाख ०७९, ललितपुर ।  ललितपुरका विभिन्न पालिकामा विभिन्न पदमा उम्मेदवारी दिएकामध्ये प्रमुख, उपप्रमुख, वडाअध्यक्ष एवं सदस्यहरू गरी कूल ९० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा ललितपुर महानगरमा कूल ५८६ जनाले उम्मेदवारी दिएकामा ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय ललितपुरको प्रमुख गोमा धमलाले जानकारी दिइन् ।

विभिन्न दल र स्वतन्त्रबाट वडाध्यक्ष, वडा सदस्य, महिला र दलित महिला सदस्यमा उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै उनले विभिन्न वडा १५ जना वडाध्यक्ष र अन्य सदस्यहरू गरी ४९ जनाको उम्मेदवारी फिर्ता भएको जानकारी दिइन् ।
त्यसैगरी महालक्ष्मी नगरपालिकामा २२९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा एक प्रमुख, विभिन्न वडाबाट सातजना वडाध्यक्ष र अन्य सदस्य गरी १७ जनाले उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिइन् ।

गोदावरी नगरपालिकाबाट विभिन्न पदमा ३२३ जनाले उम्मेदवारी दिएकामा एक नगरप्रमुख, ६ जना वडाध्यक्ष र अन्य ६ सदस्यहरू गरी १३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कार्यालयका अनुसार बागमती गाउँपालिकामा विभिन्न पदमा ९२ जनाले उम्मेदवारी दिएकामा अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष दुई गरी ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै महाङ्काल गाउँपालिकामा विभिन्न पदमा कूल १०५ जनाले उम्मेदवारी दिएकामा उपाध्यक्ष दुई र सदस्य दुई गरी चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् । कोन्ज्योसोम गाउँपालिकामा भने कूल ७९ जनाले विभिन्न पदमा उम्मेदवारी दिएकामा उपाध्यक्ष एक जनाले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् ।

ललितपुर जिल्लाका सबै पालिकामा गरी एक हजार ४१५ जनाले उम्मेदवारी दिएकामा कूल ९० जनाले उम्मेदवारी फिर्ता लिएको र चारजना निर्विरोध भएका हुन् । निर्विरोध हुनेहरूमा नेकपा (एमाले)का तर्फबाट ललितपुर महानगरपालिका–११ की दलित महिला सदस्य सूचीना परियार निर्विरोध भएका छन्र ।

कोन्ज्योसोम गाउँपालिका–१ मा एमालेबाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य कृष्णकुमारी सुनार र वडा नं ४ मा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिनुभएकी दलित महिला सदस्य सपना मङ्ग्रान्ती निर्विरोध भएकी कोन्ज्योसोम गाउँपालिकाकी निर्वाचन अधिकृत देवीकुमारी चौधरीले जानकारी दिइन् । बागमती गाउँपालिका–१ की दलित महिला सदस्य निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ९ : ५५ बजे