१८ बैशाख ०७९, काठमाडौं । काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १\१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिएका छन् ।
यसरी निर्वाचित हुनेमा वडा १८ की अम्बिका सुनार, २२ वडाकी गीता परियार, २३ वडाकी कञ्चना नेपाली (हरिजन) र २७ वडाकी प्रभा परियार रहेका छन् । वडा १८, २२ र २७ मा नेकपा एमालेबाट मात्र उम्मेद्वारी परेको थियो भने वडा २३ वाट नेपाली कांग्रेसबाट मात्र उम्मेद्वारी परेको थियो ।
१८ बैशाख २०७९, आइतबार
0
Shares
प्रतिक्रिया