२९ बैशाख २०८३, मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विश्व पोखरेलको रिट सर्वोच्चमा दर्ता, बुधबार पेशी



१९ वैशाख, ०७९, काठमाडौं ।  नेपाल प्रहरीको आइजीपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको छ।
उनको रिटमाथि बुधबार पेशी तोकिएको छ।

सरकारले आइतबार धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेपछि असन्तुष्ट रहेका पोखरेलले सोमबार वारेसमार्फत रिट दायर गरेका थिए।
पोखरेलको रिट लिएर वारेस सुनीता राउत पुगेकी थिइन्। आइजीपी नियुक्ति विरुद्ध असन्तुष्ट रहेको भनिएका अर्का एआईजी सहकुल थापा भने अहिलेसम्म अदालत पुगेका छैनन्।

पोख्रेल भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्। सिंहकै ब्याची भएपनि आफू पहिले एआईजी भएकाले आईजीपी हुनुपर्ने उनको माग छ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ४ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।