९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर सानेपामा घर फोडेर ४० लाखको धनमाल चोरी, ललितपुरकै श्रेष्ठ र गजमेर पक्राउ



१९ वैशाख, ०७९, ललितपुर । ललितपुरको सानेपास्थित एक घर फोडेर ४० लाख रुपैयाँ बराबरको धनमाल चोरेको आरोपमा प्रहरीले दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चोरीको सामान खरिद गर्नेसमेत रहेका छन् ।

प्रहरीले ललितपुर महानगरपालिका- २ का ३२ वर्षीय नारायण श्रेष्ठ र खोटाङको कापियागढी गाउँपालिका- २ स्थायी घर भई काठमाडौंको बानियाँटार बस्ने ३१ वर्षीय सौराज गजमेरलाई पक्राउ गरेको हो ।

श्रेष्ठले चोरी भएको सामान गजमेरलाई बिक्री गरेको प्रहरीको दावी छ । गरगहना, नगदसहित विभिन्न धनमाल श्रेष्ठले चोरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट चाँदीका बाला तथा सिक्काहरु ९५ तोला, सुनका गरगहनाहरु तीन तोला र २५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : ३० बजे