७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अनेरास्ववियु ललितपुरले बनायो विनायकको संयोजकत्वमा निर्वाचन सहयोग समिती




२० वैशाख ०७९,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले अनेरास्ववियु ललितपुरले पार्टीलाई निर्वाचनमा सहयोग गर्नका लागि निर्वाचन सहयोग समिती गठन गरेको छ । उम्मेदवारहरुलाई सहयोग गर्नका लागि अनेरास्ववियु ललितपुरले ६ सय १ सदस्यीय सहयोग समिति गठन गरेको हो ।
अनेरास्ववियुका स्थायी कमिटि सदस्य विनायक आचार्य संयोजक रहेको उक्त सहयोग समितीको सह संयोजकको नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विद्यार्थी फाँट प्रमुख प्रदीप शर्मा छन् । यस समितीको सचिव अनेरास्ववियु ललितपुरका अध्यक्ष दिनेश दाहाल रहेका छन् ।
अनेरास्ववियु ललितपुर जिल्ल्ला कमिटीका अध्यक्ष दिनेश दाहालको अध्यक्षतामा सम्पन्न वैठकमा ललितपुरमा रहेका ६ वटै पालिकाको समन्वय गर्ने गरी संयोजक र सहसंयोजकहरुको समेत तोकेको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ९ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।